यसरी सिपाहीले समाते नक्कली असई
काठमाडाैं,
प्रहरीको असइ हुँ भन्दै हिँड्ने युवक पक्राउ परेका छन् । बिहिबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए ।
सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे । उनको खल्तीबाट असईको पोशाक लगाएका फोटोहरु भेटिए ।
सिपाही यादवलाई केही समयले उनी साच्चै प्रहरीकै असई हुन कि भन्ने पनि लाग्यो । यसको जानकारी माथिल्लो तहलाई दिए ।
वृत्त सिंहदरबारले ती युवाका बारेमा सोधपुछ गर्दा उनी प्रहरीमा आवद्ध नभएको खुल्यो । प्रहरीले प्रहरीका नक्कली असई भक्तपुर सूर्यविनायक ८ डोलेश्वर घर बताउने बर्ष २६ को सोनाम तामाङलाई त्यसपछि पक्राउ गरेको छ ।
उनका बिषयमा वृत्त सिंहदरवारवाट थप अनुसन्धान भई रहेको काठमाडौं परिसरले जनाएको छ ।
प्रतिक्रिया