ललितपुरको धापाखेलमा पुरुषको शव फेला
ललितपुर,
जिल्लाको धापाखेलमा एक पुरुषको शव फेला परेको छ। गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाकाे हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्ति तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरमा फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा शव फेला परेको हो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई आजै पक्राउ गरेको छ उनको पक्राउसँगै प्रारम्भिक अनुसन्धानले शव फेला परेको बताइन्छ।
गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । यससँगै एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।
पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा अपराध महाशाखाको टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।
मोरङमा फेला परेको शव काठमाडाैं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो । जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया