५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले शनिबार चिनियाँ नागरिक झाङ लिलाई पक्राउ गरेको हो।
अर्धठोस बनाएर ल्याएको अवस्थामा राहदानी नम्बर इजे ०२४८१३१ का ३६ वर्षीय लि पक्राउ परेको विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए।
हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
दुबईबाट हिमालयन एयरको एच ९५६६ नम्बरको प्लेनमार्फत उनी काठमाडौं आएका थिए। उनी भन्सार कार्यालयको जाँचलाई छलेर अघि बढेका थिए। त्यसपछि संका लागेर उनीमाथि जाँच गर्दा उक्त सुन बरामद भएको भट्टराईले बताए ।
प्रतिक्रिया