सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

१० डीएसपीको काज सरुवा: चापागाउँमा घिमिरे, रसुवामा चन्द

१० डीएसपीको काज सरुवा: चापागाउँमा घिमिरे, रसुवामा चन्द


काठमाडाैँ,
प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीको काज सरुवा गरेको छ । गृह मन्त्रालयको दबावमा आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यअवधि पुगेका ३ जिल्ला र २ बृत्तका डीएसपीको काज सरुवा गरेका हुन् ।
रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिएका छन् । रसुवाका डीएसपी देवेन्द्र पाण्डेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने कुल्दिप चन्दलाई रसुवा पठाइएको छ ।
गंगा पौडेललाई दोलखामा पठाएर त्यहाँ कार्यरत डीएसपी भेषराज रिजाल अपराध महाशाखा र रामेछापमा राजकुमार थिंकलाई पठाएर त्यहाँ कार्यरत नवराज ढुंगानालाई प्रदेश नं १ प्रहरी कार्यालय सरुवा गरिएको छ ।
यस्तै ललितपुरका दुई वटा वृत्तका इन्चार्ज पन फेरिएका छन् । चापागाउँ वृत्तमा द्वारिका घिमिरे र सातदोबाटो वृत्तमा मदन केसीलाई सरुवा गरिएको छ ।
सातदोबाटोमा कार्यरत दिनेश घिमिरे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चापागाउँ वृत्तका डीएसपी टेकबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।