दिल्ली पुगे राष्ट्रिय अनुसन्धान प्रमुख
काठमाडौं,
मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल आइतबार दिल्ली पुगेका छन् । उनको भ्रमणलाई गोप्य राखिएको छ ।
पुस २३ मा विभागको प्रमुख नियुक्त भएका खरेल आइतबार अपराह्न नेपाल एयरलाइन्सबाट दिल्ली पुगेका हुन् । दिल्लीमा उनको बसाइ तीन दिन रहने जनाइएको छ । भारतीय पक्षको निम्तामा तय गरिएको कार्यक्रममा उनी त्यहाँ पुगेका हुन् । खरेलले दिल्लीस्थित दूतावासमा यसअघि काउन्सिलरका रूपमा केही वर्ष बिताएका थिए ।
प्रतिक्रिया