सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकद्वारा राजीनामा

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकद्वारा राजीनामा

काठमाडौं,
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका कारण वरिष्ठ अधिवक्ता घिमिरेले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै घिमिरेले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।