सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

११ सय ७३ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

११ सय ७३ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

काठमाडौं,
नेपाल प्रहरीका १ हजार १७३ हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुको बढुवा निकालेको हो ।

प्रहरीमा जनपदतर्फ ३ हजार ३८३ जना वरिष्ठ हवल्दारको पद खाली थियो । पहिलो चरणमा १ हजार १७३ जनालाई बढुवा गरिएको हो । अन्यको बढुवा केही समयपछि गर्ने तयारी छ ।

सरकारले मनोवल बढाउनका लागि प्रहरीमा तल्लो दर्जामा एक तह बढुवाको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हवल्दारहरुको बढुवा भएको हो ।