इटहरीमा बम बिस्फोट
सुनसरी,
सुनसरीको इटहरीमा सोमबार राति सुतली बम बिस्फोट भएको छ। इटहरी–२ को नवजागृति टोलमा सुतली बम बिस्फोट हुँदा दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार इटहरी–२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो। श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका छन् । सोमबार राति करिब साढे १० बिस्फोटक पदार्थ बिस्फोट भएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया