सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

एआईजीमा बढुवा भएका पन्त, सिंह र धानुकले लगाए दर्ज्यानी चिन्ह

एआईजीमा बढुवा भएका पन्त, सिंह र धानुकले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका तीन प्रहरी अधिकारी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपि शैलेश थापा क्षेत्रीले उनीहरुलाई एआईको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन। उनीहरुलाई आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।