गोदावरीको मेयरमा एमालेका एक्लो उम्मेद्वारमा गम्बीर बहादुर रानाको चर्चा
ललितपुर ।
आसन्न स्थानिय तहको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेको तर्फबाट एक्लो उम्मेद्वारको रुपमा गम्बीरबहादुर रानाको चर्चा चलेको छ । गोदावरी नगरप्रमुखको प्रबल आकाङ्क्षीको रुपमा प्रस्तुत गर्दै उनले टिकटका लागि आफ्नो दावी प्रस्तुत गर्दै त्यसको लागि तयारी गरिरहेका बताएका छन् । १४ वडा रहेको गोदावरी नगरपालिकामा यसअघिको निर्वाचनमा प्रमुख उपप्रमुख दुबै पदमा नेपाली काङ्ग्रेसले जितेकोमा अब नेकपा एमालेबाट चुनाव जित्नका लागि आफू मात्र एकमात्र व्यक्ति रहेको दावीका साथ राना तयारीमा रहेका छन् ।
‘विगत ३० वर्षदेखि म ललितपुरको भूगोलमा रही राजनीतिक यात्रामा छु,यहाँको विकास निर्माणका समस्या तथा सम्भावनाको विषयमा समेत म पूर्णरुपमा अभ्यस्त छु । तसर्थ आसन्न स्थानीय निर्वाचममा स्थानीय सरकारको जिम्मेवारीमा रहेर जनताको पक्षमा उत्कृष्ट काम गर्ने मेरो योजना छ’, उनले भने ।
चुनावी अभियान तथा प्रचारको क्रममा अन्य उम्मेदवार तथा दलका बेताले जस्तो विपक्षीलाई गाली गरेर मत नमाग्ने भन्दै असल र जनमैत्री योजना सहित जनताको मनमा बस्ने उनले बताए । उनीनिकट पार्टीका एक कार्यकर्ता पनि राना आफु उठेको चुनावी मैदानबाट कहिल्यै हार्न नजानेको र सबैलाई खुसी राख्न समेत खुबी भएको नेता गम्बीर राना भएको बताए ।
२०४८ बाट नेकपा एमालेको संगठित सदस्य भई राजनीतिक यात्रालाई अगाडि बढाएका गम्बीर राना सामाजिक क्षेत्रमासमेत उत्तिकै सक्रिय छन् । २०५४ सालमा जिल्ला विकास समिति ललितपुरको सदस्य भई कुशल जनप्रतिनिधिको रुपमा देखा परेका उनी आफु जिल्ला तथा स्थानीय क्षेत्रको विकासमा आफु कुनै पद र जिम्मेवारीमा रहँदा वा नरहँदा उत्तिकै सक्रिय रहेको बताउँछन् ।
गत जिल्ला समन्वय समितिको निर्वाचनमा पनि पार्टीको तर्फबाट समिति अध्यक्षको दावेदार रहेका उनको अबको निर्वाचनमा पार्टी तथा कार्यकर्ताको सर्वसहमतिबाट गोदावरीको प्रमुखमा टिकट लिने र जित्ने समेत पक्का रहेको दावी छ । आफू उम्मेदवारको रुपमा अगाडि बढ्दा सबै वडाका मतदाताले कुनै राजनीतिक दलको उम्मेदवार भन्दा पनि कुशल,विकासप्रेमी र योग्य उम्मेदवारको रुपमा भोट दिने उनको दृढ विश्वास छ।
प्रतिक्रिया