चितुवाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ
काठमाडौं
दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी छन् ।
उनीहरुलाई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ गोल्फुटार र काठमाडौं महानगर–३ स्थित सीमानामा रहेको पूर्वपश्चिम गेष्ट हाउसबाट प्रहरी प्रभाग बुढानीलकण्ठले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट पुच्छरसहित ४।५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६।९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया