बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

युवक होटलमा मृत फेला

युवक होटलमा मृत फेला

कञ्चनपुर
महेन्द्रनगरस्थित एक होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका १५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा रहेको बेडमा मृत फेला परेका हुन्। मृत्युको कारण खुल्न सकेको छैन। घटनास्थल सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।