पेट्रोलमा डिजेल मिसिएपछि…

ललितपुर
ललितपुरको गोदावरी नगरपालिका–९ टिकाभैरबमा रहेको ललित मार्केटिङ सेन्टर पेट्रोल पम्पको लापरबाहीले १ सय ५० भन्दा बढी मोटरसाइकलमा खराबी आएको पाईएको छ । शुक्रबार पम्पमा पेट्रोल हालेका अधिकांश मोटरसाइकलमा खराबी आएको हो । शुक्रबारै पीडितहरुले पम्प घेराउ गरेको थिए ।
पेट्रोलमा डिजेल मिसिएपछि मोटरसाइकलमा खराबी आएको बताईएको छ । मोटरसाइकलहरु त्यस पम्पको पेट्रोल हालेपछि आफ्नो मोटरसाइकलको इन्जिन खोल्नु परेको टिकाभैरबका मनोज खड्काले बताए । पम्पका व्यवस्थापनले डिजल ट्यांकमा प्वाल परेर पेट्रोल ट्यांकमा मिसिएको पाईएको बताए । पम्पलाई १५ लाखको क्षति भएको पम्प व्यवस्थापनको भनाई छ । पम्पमा समस्या आएको पाईएपछि सबै ट्यांक खाली गरी सफा गरी तुरुन्त सञ्चालन गरिएको जनाएको छ । शुक्रबार पम्पमा पेट्रोल हालेर समस्या आएको मोटरसाइकल पम्पले मर्मत गरिदिने आश्वासन दिएको छ ।
प्रतिक्रिया