मिलनको पक्षमा लेलेमा उर्लिए विशाल जन सागर

ललितपुर
ललितपुरको गोदावरी नगरपालिका–५ का वडा अध्यक्षका उम्मेदवार मिलन सिलवालको पक्षमा विशाल जन सागर उर्लिएका छन् । शनिबार भएको चुनावी घरदैलो कार्यक्रममा उनको पक्षमा विशाल जन सागर उलिएका हुन् । आज शनिबार लेलेको तिलेश्वरबाट सुरु भएको चुनावी र्याली चम्पेश्वरी, लेले बजार, काभ्रे महांकाल, मनकामना, डि गाउँ हुँदै महतगाउँ र महादेवखोला पुगेको थियो ।
वडा अध्यक्षका लागि नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका बलियो उम्मेदवारका रुपमा रहेका सिलवालको प्यानल यसअघि भारी मतले विजयी बनेको थियो । यस पटक पनि सिलवाल नेतृत्वमा उही पुरानै प्यानल चुनावी मैदानमा छन् । यस पटक पनि उनको नेतृत्वमा भारी मत अन्तरले प्यानल जिताउने दाउमा उनी रहेका छन् ।
प्रतिक्रिया