यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन- चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन- चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्बै बिहिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन- चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।
प्रतिक्रिया