प्रदेश मन्त्री श्रेष्ठले गरे लेलेको धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

काठमाडौं
बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेमा भ्रमण तथा अवलोकन गरेका छन् । उनले लेलेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेका हुन् । उनी त्यहाँ लेलेकै ज्ञान कुण्ड युवा कल्वको निमन्त्रणामा मंगलबार पुगेका थिए । उनले लेलेका नवनिर्वाचित वडा अध्यक्ष मिलन सिलवाललाई समेत बधाई तथा शुभकामना दिए । मन्त्री श्रेष्ठले लेलेको समग्र विकासको लागि प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया