बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

मनोज पाण्डेविरुद्ध अर्की युवती पुगिन् प्रहरीकोमा

मनोज पाण्डेविरुद्ध अर्की युवती पुगिन् प्रहरीकोमा

काठमाडौं
कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की एक युवती पनि प्रहरीकोमा पुगेकी छन्। उनी आइतबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेकी हुन्।

सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डेलाई शनिबार मात्रै प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि आइतबार एक युवती प्रहरी कार्यालयमा पुगेर आफू पनि पाण्डेबाट पीडित भएको बताएकी छन्। पाण्डेले आफूमाथि यौन शोषण गरेको उनको आरोप छ।