बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

अब छोरीलाई जन्मिनेबित्तिकै १ लाखको बीमा

अब छोरीलाई जन्मिनेबित्तिकै १ लाखको बीमा

काठमाडौं
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरमा जन्मिने छोरीहरूको जन्मिनेबित्तिकै १ लाखको जीवन बीमा गर्ने घोषणा गरेकी छन् ।

आज पदभार ग्रहण गर्दै रेनुले जन्मिनेबित्तिकै छोरीहरूको १ लाखको जीवन बीमा गरिदिने पहिलो निर्णय घोषणा गरेकी हुन् ।

साथै उनले महानगरवासीलाई महिनामा ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।