बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

काठमाडौंसहित देशका केही ठाउँमा हल्का वर्षा

काठमाडौंसहित देशका केही ठाउँमा हल्का वर्षा

काठमाडौं
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाडौंको गौशाला, एयरपोर्ट क्षेत्रमा बिहान हल्का पानी परेको हो । काठमाडौं बाहिरका अन्य केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिईन् ।

आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उनले बताईन् । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।