तारा एयरको जहाज क्षतविक्षत अवस्थामा, १५ जनाको शव भेटियो

काठमाडौं
दुर्घटनामा परेको तारा एयरमा सवार १५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार अन्य तीनवटा शव जहाजको ठूलो भागले किचिएको अवस्थामा देखिएको छ । जसलाई निकाल्न सकिएको छैन ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । अन्यको खोजी भइरहेको छ ।
जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको हो । शव संकलन गरेर काठमाडौं ल्याइने बताइएको छ ।
प्रतिक्रिया