फोहोरको गन्ध मापन गरेर सिसडोलबाट फर्कियो वैज्ञानिक टोली

काठमाडौं
सिसडोलको फोहोरको गन्ध मापन गरेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको वैज्ञानिक टोली फर्किएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको आग्रहरमा गएको टोलीले चार क्षेत्रको नमुना लिएर आएको हो ।
शुक्रबार नास्टले डा। भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइटमा पठाएको थियो । महानगरका अनुसार फोहोरको गन्ध मापन गरेपछि गन्धको मात्रा थाहा पाइनेछ । फोहोरको दुर्गन्ध कस्तो प्रकारको हो भन्नेबारे नमुनाको रिपोर्ट सोमबारसम्म आउनसक्ने जनाइएको छ । मापनपछि कुन रसायन प्रयोग गरेर गन्ध हटाउने भन्नेबारे थप निर्णयहरू हुनेछन् ।
गत शुक्रबार महानगरका मेयर साह र उपमेयर सुनीता डंगोलसहितको टोली सिसडोल पुगेर स्थानीयसँग वार्ता गरेको थियो । वार्ताका क्रममा बालेनले एकसाताभित्र केमिकलको प्रयोग गरेर दुर्गन्धरहित फोहोर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । शुक्रबार मेयरको टोली फर्किएपछि शनिबार वैज्ञानिक टोली सिसडोल पुगेको थियो ।
महानगर स्रोतका अनुसार तत्काल काठमाडौंको फोहोर उठ्ने सम्भावना देखिएको छैन । तत्काल फोहोर उठाउनेबारे मेयरको दौडधुप जारी छ ।
प्रतिक्रिया