मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

९ घन्टापछि भयो माइलाको उद्धार

९ घन्टापछि भयो माइलाको उद्धार

काठमाडौं
नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो। तर दिनभर उनलाई फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन्।

‘नेपाली सेनाको टोलीले भर्खरै उद्धार गर्नुभएको छ। उहाँहरूले पोलमा चढेर उद्धार गर्नुभयो,’ उनले भने।