आईजीपीको रिट हेर्दाहेर्दैमा

काठमाडौं
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखिएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
अब असार ५ गते सुनुवाई हुने एआईजी विश्वराज पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताइन्। आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै बहस गरे।
त्यसअघि डीआईजीको रिटमा पक्ष विपक्षको बहस सकिएको छ। रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन्। सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिक्रिया