मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

त्यसपछि दुईतर्फी सञ्चालनमा आयो बुटवल–नारायणगढ सडक

त्यसपछि दुईतर्फी सञ्चालनमा आयो बुटवल–नारायणगढ सडक

काठमाडौं
बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। ‘रातभरि डाइभर्सन निर्माणको काम गर्यौँ’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।’ मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो।