मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

आज यी स्थानमा वर्षाको सम्भावना

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं
केही दिनयता दैनिक वर्षा भइरहेको छ। अहिले शुक्रबार बिहान पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।