आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

त्यसपछि आईजीपीसँग रिसाए चिरिबाबु

त्यसपछि आईजीपीसँग रिसाए चिरिबाबु

operation kathmandu

काठमाडौं
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसँग रिसाएका छन् । ललितपुरमा बनाइएको वान वे (एकतर्फी सडक) सडक हटाएकोमा मेयर महर्जन आईजीपी सिंहसँग आक्रोशित भएका छन्।

महानगरपालिकाले बनाएको वान वे प्रहरी महानिरीरक्षक सिंंहकै निर्देशनमा हटाएको भन्दै मेयर महर्जनले टेलिफोन गरी आक्रोश व्यक्त गरेका हुन् ।

‘८–९ स्थानमा एकतर्फी गर्दा प्रहरी चँुइक्क नबोल्ने, कार्यान्वयन गरेपछि बोर्ड हटाउने, वान वे बिगार्ने जस्ता काम गर्ने ? यो विषयमा आईजीसँग मेरो ५–७ मिनेट फोन भयो । मैले ललितपुर महानगरको काममा अनावश्यक रुपमा डिस्टर्ब नगर्न आईजीलाई भनेँ’ मेयर महर्जनले भने ।

आफूहरुले गरेको निर्णयमा कुनै समस्या भए छलफल गर्न आग्रह गर्दै उनले विना छलफल वान वे हटाउनु प्रहरीको गल्ती भएको बताए । ‘हाम्रो कैफियत छ भने हामीलाई भने हुन्छ, विना सल्लाह, छलफल नगरी हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ? अबदेखि हाम्रो काममा डिस्टर्ब नगर्नुस भनें । कि तपाईँ वैठक बोलाउनुस् नत्र मैले बोलाएको वैठक आउनुस’ मेयर महर्जनले आईजीपीसँगको वार्ताबारे भने ।

ललितपुर महानगरपालिकाले जाउलाखेल भनिमण्डल क्षेत्रमा सडकलाई वान वे बनाएको थियो । तर प्रहरीले हटाएपछि मेयर महर्जन आक्रोशित भएका हुन् ।

‘म यही हप्ताभित्र प्रहरीसँग बैठक राख्छु, महानगरको काममा डिस्टर्ब गर्ने कुरा हुँदैन नि । म आफैं वन वेको बोर्ड लिएर भनिमण्डल गएर बोर्ड राखेको छु’ महर्जनले आईजीपी सिंहसँग भने ।