आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

१ सय ३१ को डीएसपीको सरुवा, को कहाँ ?

१ सय ३१ को डीएसपीको सरुवा, को कहाँ ?

operation kathmandu

काठमाडौं
प्रहरी प्रधान कार्यालयले १ सय ३१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप(शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा सुरुवा भएका छन् भने महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं स‌गठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गणमा कार्यरत केशर बहादुर कार्कीलाई नेपाल प्रहरी गण सामाखुसीमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग लागु औषध शाखामा कार्यरत दुदिमाया लामा नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेमा सरूवा भएकी छन् ।

Link:-