राष्टपति कार्यालयअघि आत्मदाह प्रयास
operation kathmandu
काठमाडौं
अविवाहित आमा निहारिका राजपूतले राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गरेकी छिन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै राजपूतले आत्मदाह प्रयास गरेकी हुन् ।
शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी राजपूतलाई प्रहरीले जोगाएको छ । शुक्रबार दिउँसो राजपूत शीतल निवासअघि पुगेर आत्मदाह प्रयास गरेको प्रहरीको भनाइ छ । राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि राजपूत बलात्कारीलाई कारबाही माग गर्दै बसन्तपुर र माइतीघरमा लामो समय अनसन बसेकी थिइन्। सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनसन तोडेकी थिइन्। तर, त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आएको बताएकी छिन् । १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दाबी गर्दै आएकी छिन् ।
प्रतिक्रिया