आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

श्रीमान विदेशमा, श्रीमती होटलमा अर्कै युवासँग मृत भेटिइन्

श्रीमान विदेशमा, श्रीमती होटलमा अर्कै युवासँग मृत भेटिइन्

operation kathmandu

काठमाडौं
रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा रहस्यमय रुपमा एक जोडी मृत फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।

‘श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ’ प्रहरी निरीक्षक घिमिरेले भने ‘युवती उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।