आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

भीमफेदीमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

भीमफेदीमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा बिहीवार अपराह्न यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र थप १ जनाको उपचारको लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । स्थानीय प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । त्यसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाकारी दिएको छ । उक्त बसमा कुल ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।