मनास्लु हिमपहिरोमा १ जनाको मृत्यु, घाइते १० जनाकै उद्धार
काठमाडौं । मनास्लु हिमालमा हिमपहिरोमा परी १ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको बताईएको छ । मिहपहिरोमा परी घाइते भएका १० जनाकै उद्धार गरिएको छ । हिजो दुई र आज बिहान आठजनाको उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले जानकारी दिए ।
सोमबार गोरखाको चुमनुब्री गाउँपालिका–१, मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । उनका अनुसार सीता एयरको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरिएको हो । सोमबार उद्धार गरिएका दुईजनालाई हिजै उपचारका लागि काठमाडौं ल्याइएको छ ।
आज उद्धार गरिएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले बताए । “घाइते १० जनाकै उद्धार गरिएको छ । आज उद्धार गरिएका आठमध्ये दुईजनाको अवस्था गम्भीर छ । अरू सामान्य छन् भन्ने जानकारी छ,” उनले भने, “अहिले उनीहरूलाई गोरखाको सामागाउँमा ल्याइएको छ । अवस्था हेरेर कसलाई कहाँ पठाउने टुंगो लाग्छ ।”
प्रतिक्रिया