महिला वडासदस्य राउत जो बेपत्ता भएको ३८ दिनपछि झुण्डिएको अवस्थामा मृत भेटिइन्
काठमाडौं ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर दुईकी सदस्य ४० वर्षीया छत्रकुमारी राउत बेपत्ता भएको ३८ दिनपछि मृत भेटिएकी छन् ।
बेलका नगरपालिका–८, स्थित माछापुच्छ्रे सामुदायिक वनमा झुण्डिएको अवस्थामा उनको कङ्काल फेला परेको हो । आइतबार शव सडेको अवस्था कंकाल भेटिएको प्रहरीले जनाएको छ । आफन्तले उनको पहिचान गरेका छन् । बेलका नगरपालिका ९ रामपुर उनको माइती गाउँ हो ।
उनी पासो लागेको रुखमुनि उनले बोक्ने ब्याग, लगाउने चप्पल, सलसमेत भेटिएको छ । उनले आत्महत्या गरेको वा हत्या भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया