बाजुराको त्रिवेणीमा गोली चल्यो, एक गम्भीर
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।
प्रतिक्रिया