पुनः मतदान माग्दै झलनाथले दायर गरे रिट
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । धाँधली गरेर आफूलाई हराएको भन्दै नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले इलाम १ मा पुनः मतदान गराउन माग गरेका छन् । नेता खनाललाई एमाले महेश बस्नेतले हराएका थिए । नेता बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए ।
प्रतिक्रिया