नेकपा एसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ । पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने बुझिएको छ ।
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।
यसअघि आइतबार नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।
प्रतिक्रिया