कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनले दिए मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।
देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् । त्यस्तै, गगन थापाको प्रस्तावकमा डा। शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् । दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
प्रतिक्रिया