आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल

कैलाली । एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । आज बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन भएकी छन् ।

सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो। एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।