आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

गृहमन्त्रीले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

गृहमन्त्रीले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन्। लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन्।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सोमबारको भर्चुअल बैठकमा देशभरको प्रशासनिक र सुरक्षा अवस्थाबारे मन्त्रीले जानकारी लिने कार्यतालिका रहेको छ ।

‘जिल्लाको अवस्थाबारे सुन्ने, प्रशासनबाट प्रवाह गरिने सेवालाई चुस्तदुरुस्त बनाउन आवश्यक निर्देशन दिनेमा बैठक केन्द्रीत हुनेछ’, प्रवक्ता पोखरेलले भने ।