२६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन्।
२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन्।
प्रतिक्रिया