आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

आज पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्न सक्ने सम्भावना

आज पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्न सक्ने सम्भावना

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।