आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

गण्डकीका मुख्यमन्त्री बालुवाटारमा

गण्डकीका मुख्यमन्त्री बालुवाटारमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलवार विश्वासको मत लिएका प्रचण्डसँग प्रदेशमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेका हुन् ।

भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ । साथै दुवैले एकअर्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।