आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।