आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

पोखरामा यती एयर दुर्घटना ग्रस्त

पोखरामा यती एयर दुर्घटना ग्रस्त

काठमाडौं । यती एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् ।

महानगरको दमकलले आगो निभाउने प्रयास पनि जारी राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।

अहिलेसम्म १६ जना शव भेटिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।