आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

दुर्घटनाग्रस्त विमानबाट ४१ जना निकालियो

दुर्घटनाग्रस्त विमानबाट ४१ जना निकालियो

काठमाडौं। कास्कीमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारमध्ये ४१ जना निकालिएको छ। उद्धारमा खटिएका एक अधिकारीका अनुसार २९ जनालाई अस्पताल पुर्‍याइएको छ भने १२ जनालाई खोँचबाट माथि निकाल्ने प्रयास भइरहेको छ।

‘खोँचमा १२ जनालाई निकालेर राखिएको छ। उनीहरूलाई डोरीबाट माथि निकाल्ने प्रयास भइरहेको छ’, उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले भने ।

२९ जनालाई भने अस्पताल पुर्‍याइएको छ। हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए।