आफ्नै कार्यकर्ताले कालोमोसो दल्ने भएपछि वडाअध्यक्ष विष्णुमान महर्जन वडा कार्यालयबाट भागे

काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिका–६ का वडा अध्यक्ष विष्णुमान महर्जन अहिले फरार छन् । उनी अहिले वडाको सम्पर्कमा नरहेको वडाका कर्मचारीहरुले बताएका छन् । उनले वडा सदस्यलाई कार्यबाहक दिएर २ महिनादेखि सम्पर्कमा आएका छैनन् ।
अहिले वडा कार्यालय वडा सदस्य सुजन नगरकोटीले सम्हालिरहेका छन् । वडाभरिको जग्गा वर्गिकरणको क्रममा उनले वडासदस्यहरु सहितको बैठक नबसी आफूखुसी गरी वडाको जग्गा औद्योगिक क्षेत्रको रुपमा वर्गिकरणमा राखेपछि उनी विवादमा तानिएका थिए । उनले नगरबैठकमा वडाको निर्णय विनै नल्लु खोलाको दाया बाया ७/७ सय मिटर वरपरको जग्गा औद्योगिक क्षेत्र भनि निर्णय गराएको थियो ।
अहिले यस विषयलाई लिएर स्थानीयहरुमा उनीप्रति तिव्र आक्रोशित बनेका छन् । स्थानीयले दैनिक जसो वडा कार्यालय घेराउ गरिरहेका छन् । उनलाई भोट दिएर जिताएका कांग्रेसकै कार्यकर्ताले उनलाई भेटेको खण्डमा कालोमोसो दल्नेसम्मको कारबाही गर्ने भन्दै आक्रोश पोखिरहेका छन् ।
आफ्नै कार्यकर्ताबाट तिव्र आलोचना र जनताको घेराबन्दीबाट बच्न उनले वडाकार्यालय छाडेका छन् । हचुवामा गरेको निर्णयबाट पछुताईरहेका महर्जनको काम समेत वडाबासीले रुचाइरहेका थिएनन् । त्यस्तै जनताको उच्च गुनासो आएको भन्दै उनलाई कारबाही गर्न विप्लव समूह र नेकपा बहुमतले समेत खोजिरहेको स्रोतले बताएको छ ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया