नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक अहिले बिहान साढे ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने छ । कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसमा दुईपक्षबीचको विवाद बढ्दै गएको छ । आइतबार मात्रै शेखर कोइराला समूहले आफ्नो गुटको भेला गर्दै देउवाको सो कदमको आलोचना गरेको थियो ।
प्रतिक्रिया