यातायात मजदुरको बन्द फिर्ता
काठमाडौं । काठमाडौं उपत्यकामा यातायात मजदुरले गरेको बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सरकार र मजदुरबीचको वार्तापछि बन्द फिर्ता लिने सहमति भएको हो ।
आज घोषणा गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिएको यातायात मजदुर संघका अध्यक्ष भिमज्वाला राईले जानकारी दिए । उनका अनुसार सहमतिको औपचारिक पत्रमा हस्ताक्षर गर्न बाँकी रहेको छ ।
सोमबार बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो। तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो।
प्रतिक्रिया