आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने एमालेको निर्णय

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

यसअघि एमालेले राष्ट्रपति निर्वाचन अघि सरकारबाट नबाहिरिने बताएको थियो। तर सोमबार बसेको सचिवालयले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पुस १० मा एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्युँताउँदै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि सत्ता गठबन्धन भत्किएको थियो।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको  एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो।