कौटिल्य स्कुलले मनायो अभिभावक दिवस

काठमाडौं ।
देशभरका मजदुरका बालबालिका अध्ययनरत काठमाडौं महानगरपालिका–३२ मा अवस्थित कौटिल्य ग्लोबल स्कुलले आज भब्यताका साथ अभिभावक दिवस मनाएको छ । स्कुलसँग अभिभावक र विद्यार्थीबीच भएको सामिप्यतालाई थप प्रगाढ बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो ।
स्कुलका अध्यक्ष रामनाथ मैनालीले काठमाडौं उपत्यकामा सञ्चालीत थुप्रै निजी विद्यालयमध्ये उत्कृष्ठ नतिजा प्राप्त गर्न आफ्नो विद्यालय १० औँ स्थान भित्र पर्ने गरेको बताउनुभयो । उनले भने, “हाम्रो विद्यालयमा देशभरका करिब दुई सय ५० मजदुरका बालबालिकाले निःशुल्क रुपमा अध्ययन गर्ने गरेका छन् ।” जिल्ला शिक्षा कार्यालयले क श्रेणीको निजी विद्यालयलाई तोकेको शुल्क अनुरुपको रुकम स्कुलले लिएर अध्यापन गराउने गरेको मैनालीले जानकारी गराए ।
सो स्कुलका संस्थापक प्रधानाध्यापक बासुदेव निरौलाले वि.सं २०५२ सालमा स्थापना भएको उक्त विद्यालयले हरेक बालबालिकाको क्षमतालाई मध्यनजर गरी आजको युग सुहाउदो प्रगतिशील शिक्षालाई अघि बढाइरहेको बताए ।
प्रतिक्रिया