आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

भैरहवाका लागि उडेको विमानको एउटा इन्जिनमा समस्या आएपछि...

भैरहवाका लागि उडेको विमानको एउटा इन्जिनमा समस्या आएपछि...

 

काठमाडौं । भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।